१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
दीपक शर्मा सल्यान
२o८१ जेठ ४ शुक्रबार १३:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वनमा लागेको डढेलो बस्तीमा पस्दा सल्यानमा आठ घरगोठ जलेर नष्ट

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ जेठ ४ शुक्रबार १३:३२:oo

सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखरामा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा आठ घरगोठ जलेर नष्ट भएका छन्।

लेखपोखराको दियारगाउँस्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुग्दा छत्रेश्वरी गाउँपालिका– ५ दियार गाउँका पाँच घर र तीन गोठ डढेलोले जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

वनमा लागेको डढेलो गाउँसम्म पुग्दा स्थानीयहरूको घर तथा गोठहरू पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार छत्रेश्वरी– ५ दियारगाउँका थलबहादुर घर्तीको घर, मोहन वलीको दुईवटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरू जली पूर्ण रूपमा नष्ट भएको छ।

यस्तै, सोही ठाउँ निवासी धनबहादुर घर्ती, शेरबहादुर वली र खुमबहादुर वलीको गोठ पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीका कारण केही वस्तुभाउसमेत जलेर मरेका छन्।
 

ad
ad