१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २९ शुक्रबार
  • Monday, 24 June, 2024
कमलराज भट्ट काठमाडाैं
२o८o मङ्सिर २९ शुक्रबार o८:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपतिबाट संसद्का महासचिवको नियुक्ति रोकिएको भन्दै सभामुखको आपत्ति 

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २९ शुक्रबार o८:o२:oo

न्याय सेवाको पृष्ठभूमिबाट आएका पाण्डेयको महासचिवमा सिफारिसप्रति संसद् सेवाका कर्मचारी असन्तुष्ट

सभामुख देवराज घिमिरेले संसद्को महासचिव नियुक्तिको सिफारिस राष्ट्रपतिबाट रोकिनु अनुचित भएको बताएका छन् । महासचिव भरतराज गौतमको राजीनामापछि संविधान र कानुनबमोजिम प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेको जिकिर गर्दै उनले यसलाई राजनीतिक आँखाले हेर्न नहुने बताए । ‘यसलाई राजनीतिक आँखाले हेर्नुहुँदैन । कसलाई सिफारिस गर्‍यो भन्दा पनि संविधान र कानुनबमोजिम गरेको हो,’ संसद् सेवा दिवसका अवसरमा बिहीबार घिमिरेले भने, ‘महासचिव नियुक्तिको सिफारिस राष्ट्रपतिबाट रोकिनु अनुचित हुन्छ ।’

राष्ट्रिय सभा अध्यक्षको परामर्शमा सभामुखले गरेको सिफारिस राष्ट्रपतिले नियुक्त गर्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै घिमिरेले भने, ‘राजीनामा दिएर खाली भइसकेको छ । खाली भइसकेपछि कति पर्खिने, नियमअनुसार सिफारिस गरिएको छ । सिफारिस नियुक्ति त होइन नि ! सिफारिस राष्ट्रिय सभाको परामर्शमा म्यान्डेटरी हो । दुइटाले सिफारिस गरेकोमा राष्ट्रपतिले नियुक्त गर्नुपर्छ ।’

अहिले संसद्लाई नयाँ महासचिवको आवश्यकता रहेको भन्दै यो कुरालाई राष्ट्रपतिले नबुझिदिएको उनको गुनासो थियो । ‘कहिले गर्नुपर्छ भन्दा संसद्को अर्जेन्सीलाई ख्याल गरिदिनुपर्‍यो । संसद् सेवा दिवसको समारोहको सबै हेर्नुपर्ने महासचिवले नै हो । यसलाई नजरअन्दाज गरेर जानाजान संसद्को महत्वलाई कमजोर पार्न खोजिएको हो भन्ने लागेको छ,’ उनले भने । 

कार्यकाल सकिन लागेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सिफारिस गरेको भन्ने प्रश्नमा सभामुख घिमिरेले थपे, ‘उहाँको कार्यकाल २० फागुनसम्म हो । १९ गते राति १२ बजेसम्म बोल्ने, काम गर्ने अधिकार अध्यक्षलाई छ । तीन महिना बाँकी छ अध्यक्षको कार्यकाल । यसवेला उहाँले कामै नगर्ने भन्ने हुँदैन ।’ 

गत आइतबार संसद्का महासचिव गौतमले पदबाट राजीनामा दिएका थिए । भोलिपल्ट सभामुख र अध्यक्षले शीतलनिवास पुगेर पाण्डेयको नाम महासचिवमा सिफारिस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका छन् भने पाण्डेयको सिफारिसको कानुनअनुसार रित नपुगेको भन्दै अध्ययनमै छ । न्याय सेवाअन्तर्गत नायब महान्यायाधिवक्ता पदबाट राजीनामा दिएर पाण्डेय प्रतिनिधिसभा सचिव बनेका थिए । अहिले महासचिवमा सिफारिस हुँदा संसद् सेवाका कर्मचारी बाहिरबाट महासचिव बनाउन लागिएको भन्दै असन्तुष्ट छन् । 

संसद् सेवा दिवसकै समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले संसद् सेवाका कर्मचारीलाई नेतृत्वमा अवसर दिनुपर्ने बताइन् । ‘निजामती सेवाबाट संसद् सेवालाई छुट्याएर अगाडि बढिरहेको अवस्थामा वृत्तिविकासमै हिसाबले पनि संसद्मै रहेका वरिष्ठतम कर्मचारीलाई माथि पुर्‍याउने कुरोमा हाम्रो ध्यान पुग्नुपर्छ । किनभने लामो समयको अनुभव र विशिष्टतालाई कदर गर्नुपर्छ । यहाँ बसेर काम गरिरहेकोलाई प्रश्रय दिनुपर्छ । निर्णायक ठाउँमा यहाँकै नेतृत्व दिनुपर्छ,’ उनले भनिन्, ‘यो हिसाबले आगामी दिनमा अगाडि जानुपर्छ ।’ उपाध्यक्ष अर्यालले संसद् सेवा दिवस मनाउँदै गर्दा महासचिव गौतमलाई राजीनामा गराउनु उपयुक्त नभएको बताइन् । ‘संसद् सेवा दिवस मनाउन्जेल राजीनामा नगराइएको भए हुन्थ्यो,’ उनले भनिन् । 

संसद् सेवाका कर्मचारीको मनोबल गिराउनुहुँदैन : उर्मिला अर्याल, राष्ट्रिय सभा उपाध्यक्ष
निजामती सेवाबाट संसद् सेवालाई छुट्याएर अगाडि बढिरहेको अवस्थामा वृत्तिविकासकै हिसाबले पनि संसद्मै रहेका वरिष्ठतम कर्मचारीलाई माथि पुर्‍याउने कुरोमा हाम्रो ध्यान पुग्नुपर्छ । किनभने लामो समयको अनुभव र विशिष्टतालाई कदर गर्नुपर्छ । यहाँ बसेर काम गरिरहेकोलाई प्रश्रय दिनुपर्छ । निर्णायक ठाउँमा यहाँकै नेतृत्व दिनुपर्छ

ad
ad
ad
ad