१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २८ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २८ बिहीबार ११:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकले अक्टेभ काठमाडौंमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २८ बिहीबार ११:४४:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गमा रहेको अक्टेभ काठमाडौंमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले छुट पाउने समझदारीमा बैंक र अक्टेभबीच समझदारी भएको हो । 

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहकले अक्टेभ काठमाडौंमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

हाल बैंकले देशभरमा एक सय ९० शाखा, एक सय ५१ एटिएम र ९७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।