१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २७ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २७ बुधबार २३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

२९ मंसिरदेखि सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ सुरु गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २७ बुधबार २३:३८:oo

सांस्कृतिक संस्थानले नेपाली मौलिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ २९ मंसिरदेखि आयोजना गर्ने भएको छ । बुधबार सांस्कृतिक संस्थान जमलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको उपस्थितिमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड कार्यक्रमको उद्घाटन गर्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । कार्यक्रममा बोल्दै मन्त्री किराँतीले उत्पादन र उद्योगले संस्कृतिलाई जोड्न, नेपालको अनुहार एउटै मञ्चबाट प्रस्तुत गर्न तथा विश्वमाझ नेपाललाई चिनाउन विदेशी पर्यटकलाई लक्षित गरेर यस्तो कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

‘सांस्कृतिक संस्थानमा विश्वका पाहुनाले एक घन्टा देशको संस्कृति मात्रै हेर्दैनन् । देशको अनुहार पनि हेर्छन्,यो हाम्रो नै मुख्य उद्देश्य हो,’ उनले भने । 

संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम गर्न लागिएको बताए । 

‘कार्यक्रममा नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुतिहरू समावेश गरिने छन् । विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषयविज्ञहरूको परामर्श, मूल्यांकन तथा सुझाव लिन प्रस्तुति छनोट तथा परामर्श समिति पनि गठन गरिएको छ,’ उनले भने । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डसहित संस्कृति तथा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निजी तथा सरकारी संघसंस्थासँग सहकार्य हुने उनले बताए ।

ad
ad
ad
ad