१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सकियो आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:o७:oo

पर्वतीय पर्यटन बढाउँदै यसको महत्व आममानिसलाई बुझाउने उद्देश्यसहित आयोजना गरिएको ‘आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव’ मंगलबार सम्पन्न भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरा १७ स्थित पर्वतीय संग्रहालयमा पाँच दिनसम्म चलेको आठाैँ संस्करणको महोत्सव १० हजार दर्शकले अवलोकन गर्दै सकिएको हो ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्री तथा पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रसँगसँगै जलवायु परिवर्तन असरबारे बहस भएको थियो ।

साथै, कीर्तिमानी आरोहीको फोटो प्रदर्शनी, अस्ट्रियन आमाछोरी डा इरिका र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका फरक–फरक भूगोलमा एकैप्रकारको हिमाली जनजीवन चिनाउने तस्बिरसँगै जिपलाइन, दोहोरी गीत, छेलो प्रतियोगिता, नेपाल पक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्ड्स’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक प्रदर्शनीलगायतका कार्यक्रम समेटिएको संग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिइन् । महोत्सवमा मुख्य गरी जलवायु परिवर्तनका कारण बदलिएका हिमाल र हिमाली जनजीवनबारे चिन्तन गरिएको न्यौपानेले जानकारी दिइन् ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर आलेमगरले जलवायु परिवर्तनमा नेपालको कुनै दोष नरहेको, तर प्रतिकूलताको असर भोग्नुपरिरहेको बताएका थिए । 

ad
ad