मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २४ आइतबार ११:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल र अफगानिस्तान भिड्दै, जित्नैपर्ने दबाबमा दुवै टिम

एसिसी यू- १९ एसिया कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार ११:५o:oo

एसिसी यू- १९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । 

युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल– २ मा जारी म्याचमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको अफगानिस्तानलाई सुरुवातमै झड्का लागेको छ । 

अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिल १५ रन बनाएर आउट भएका छन् । आक्रमक सुरुवात गरेका वाफिउल्लाहलाई गुल्सन झाले आफ्नो दोस्रो ओभरमा आउट गरे । आउट हुनुअघि वाफिउल्लाहले मात्र नाै बलमा दुई चौका र एक छक्काको मद्दतमा १५ रन बनाइसकेका थिए ।  

नेपाल र अफगानिस्तानका लागि आजको खेल निकै महत्वपूर्ण छ । जारी प्रतियोगितको सेमिफाइनलमा प्रवेश गर्न दुवैले आजको खेल जित्नैपर्ने अवस्था छ । किनभने, पहिलो खेलमा नेपालले पाकिस्तानसँग र अफगानिस्तानले भारतसँग समान सात विकेटले गुमाएका थिए ।