मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Wednesday, 18 December, 2024
२o८o मङ्सिर १९ मंगलबार १२:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वार्षिकोत्सवमा रिलायन्स फाइनान्सको सामाजिक सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १२:१५:oo

 रिलायन्स फाइनान्स लिमिटेडले स्थापनाको १५औँ वर्ष प्रवेश गरेको अवसर पारेर विभिन्न सामाजिक काम गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य तथा सो क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूलाई सहयोग गरेको हो । 

जसअनुसार काठमाडौंको रानीवनमा रहेको मानवसेवा आश्रममा रहेका आश्रित वृद्धाहरूलाई आवश्यक पर्ने वासिङ मेसिन हस्तान्तरण गरेको जनाइएको छ । संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले उक्त संस्थालाई वासिङ मेसिन हस्तान्तरण गरेको फाइनान्सले जनाएको छ । त्यस्तै, संस्थाको केन्द्रीय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम र शाखा कार्यालय सीतापाइलामा निःशुल्क आँखा, कान तथा घाँटीको जाँच शिविर सञ्चालन गरी शिविरमा आएका बिरामीका लागि निःशुल्क औषधि तथा चस्मा पनि वितरण गरेको जनाइएको छ ।  

वार्षिकोत्सवको अवसरमा संस्थाका न्युरोड, इमाडोल, पोखरा, बेँसीसहर, कोहलपुर, धनगढी, टाँडी र भैरहवा शाखाले न्यानो कपडा वितरण गर्ने, स्टेसनरी वितरण, डस्टबिन वितरण, युरोगार्ड वितरण तथा मन्दिरमा कुर्सी वितरण गरी विभिन्न सामाजिक संघ–संस्थालाई सहयोग गरेको जनाइएको छ । हाल फाइनान्सले २२ वटा शाखामार्फत निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई विभिन्न अत्याधुनिक सेवा प्रदान गर्दै आएको जनाएको छ ।