Skip This
युद्धविरामको समयसीमा सकिएसँगै गाजामा पुनः इजरायलको सैन्य कारबाही सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
तस्बिर : जोन म्याकडोगल/एएफपी
रासस गाजापट्टी
२o८o मङ्सिर १५ शुक्रबार १३:२६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

युद्धविरामको समयसीमा सकिएसँगै गाजामा पुनः इजरायलको सैन्य कारबाही सुरु

Read Time : > 1 मिनेट
रासस, गाजापट्टी
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १३:२६:oo

इजरायली सेनाले गाजामा पुनः हमला सुरु गरेको छ। इजरायल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउन कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ।

‘हमासले जारी विरामको उल्लंघन गरेको छ। यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको छ,’ इजरायली सेनाले शुक्रबार भनेको छ, ‘आइडिएफ (इजरायली सुरक्षा बल)ले गाजापट्टीमा हमास लडाकु समूहविरुद्ध पुनः लडाइँ सुरु गरेको छ।’

उक्त घोषणा गाजाबाट प्रहार गरिएको एउटा रकेटलाई रोकेको बताएको केही मिनेटपछि आएको हो। गाजाभित्र रहेका एएफपीका एक पत्रकारका अनुसार इजरायली लडाकु विमानहरूले धेरै हमला गरेका छन् र गाजा सहरमा तोप प्रहार भएको छ। युद्धको पुनः सुरुवातले सातदिने युद्धविरामको विस्तारको अपेक्षाहरूलाई धराशायी बनाएको छ। सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा हमासबाट दर्जनौँ बन्धकलाई रिहा गरिएको थियो। युद्धविरामले क्षतिग्रस्त गाजापट्टीमा थप सहयोगका लागि अनुमतिसमेत दिएको छ।

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले इजरायली र प्यालेस्टिनी अधिकारीहरूसँग भेटेर शत्रुता रोक्ने क्रमलाई बढाउन आह्वान गरेका थिए। 

युद्धविरामले अक्टोबर ७ देखि सुरु भएको युद्धलाई रोकेको थियो। हमासका लडाकुहरू गाजाको सैन्यकृत सीमा तोडेर इजरायलमा पसेपछि युद्ध सुरु भएको थियो। इजरायली अधिकारीहरूका अनुसार अचानक भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको छ भने हमास लडाकुहरूले करिब दुई सय ४० मानिसलाई अपहरण गरेका थिए।

जवाफमा इजरायलले हमासलाई निमिट्यान्न पार्ने वाचा गर्दै गाजामा हवाई र स्थल आक्रमण सुरु गर्‍याे। हमास सरकारका अनुसार इजरायली हमलामा अधिकांश सर्वसाधारणसहित १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

कतारको मध्यस्थतामा भएको युद्धविरामका क्रममा दुई सय ४० प्यालेस्टिनी बन्दीहरूको बदलामा ८० इजरायली बन्धकलाई मुक्त गरिएको थियो। इजरायलमा बसोवास गर्ने २० भन्दा धेरै थाईलाई सम्झौताको दायराभन्दा बाहिर रहेर मुक्त गरिएको थियो। दुई महिलालाई मुक्त गरिएको केही घन्टापछि रातारात थप ६ इजरायलीलाई रिहा गरिएको थियो। ती इजरायलीसँग दोहोरो राष्ट्रियता थियो।