१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० मङ्सिर १५ शुक्रबार ०८:४२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइटिएफ जे-३० टेनिस प्रतियोगिता : डबलतर्फ सेमिफाइनल र सिंगलतर्फ क्वार्टरफाइनलका खेल सम्पन्न

Read Time : > 1 मिनेट
२०८० मङ्सिर १५ शुक्रबार ०८:४२:००

आइटिएफ वर्ल्ड टेनिस टुर जे–३० अन्तर्गत डबलतर्फ सेमिफाइनलका र सिंगलतर्फ क्वार्टरफाइनलका खेलहरू सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबारदेखि जारी प्रतियोगिताअन्तर्गत बिहीबार सिंगलतर्फ क्वार्टरफाइनल र डबलतर्फ सेमिफाइनलका खेलहरू सम्पन्न भएका हुन् ।

प्रतियोगिताअन्तर्गत ब्वाइज डबलतर्फ जापानका को फुजिकावा र रुया ससामोटोको जोडीले भारतका सञ्चित सुधीर राव र अनिकेट भेंकाटारामनको जोडीलाई ६–०, २–६ र सुपरटाईमा ११–९ ले पराजित गर्दै अन्तिम दुईमा आफनो स्थान सुरक्षित गरे । 

गर्ल्स डबलतर्फ जापानका उता असाकुरा र हङकङकी जेन लिङ चुङ वाङको जोडीले भारतका अन्वी पुनागन्टी र सगुनकुमारी सगुनको जोडीलाई ६–३, ६–१ ले र सँगै अर्को खेलमा भारतका दिसा बाेहाेरा र अर्जान खोराकिवालाको जोडीले भारतकै सेरी शर्मा र रिधी सिन्डेको जोडीलाई ६–३, ६–० को सेटले पराजित गर्दै उपाधिनजिक पुगेका छन् ।

बिहीबार सम्पन्न ब्वाइज सिंगलतर्फ भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा, भारतका प्रनिल शर्माले भारतकै रणवीर सिंहलाई ६–२,७–६ को सेटमा, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४, ६–२ को सेटमा, भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३, ३–६ र ६–३ को सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरे ।

यसैगरी, गर्ल्स सिंगलतर्फ जापानका उता असाकुराले भारतका इसिता मिधालाई ६–०, ६–० को सेटमा, भारतका यासिका सोकिनले भारतकै इसि महेश्वरीलाई ५–७, ६–३ र ६–० को सेटमा, भारतका दिसा बाेहाेराले भारतकै स्वस्ती सिंहलाई ६–४, ३–६ र ६–२ को सेटमा, हङकङकी जेन लिङ चुङ वाङले भारतका सगुनकुमारी सगुनलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

नेपालसहित ११ देशका १११ जना सहभागी

प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ र मेन ड्र गरी ६४ र महिलातर्फ ४७ गरी नेपालसहित ११ देशका एक सय ११ जना खेलाडी सहभागी छन् ।  प्रतियोगितामा पुरुषतर्फ भारतका ४४, नेपालका १०, अमेरिकाका दुई, जापानका चारसँगै रसिया, क्यानडा, चीन र श्रीलंकाका एक–एकजना खेलाडीले भाग लिँदै छन् । 

महिलातर्फ भारतका ३०, नेपालका सातसँगै जापान, थाइल्यान्ड, अमेरिका, नर्वे, काजकिस्तानका एक–एक खेलाडी सहभागी हुने आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङले जानकारी दिए ।

प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक र अभिभावक गरी तीन सयजना आएको गुरुङले जानकारी दिए । विजेता खेलाडीले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले नौ, क्वार्टरफाइनलिस्टले पाँच र राउन्ड अफ सिक्टिनमा पुग्नेले आइटिएफको दुई अंक पाउनेछन् ।