१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

टेबलटेनिस खेल्दाका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:o५:oo

- टेबलटेनिसमा निकै तीव्र प्रतिस्पर्धा हुने गर्छ । जसकारण दिमाग र आँखा दुवै चनाखो रहन्छ । र, ध्यानशक्ति बढेर जान्छ । शरीर र मस्तिष्कबीचको सन्तुलन पनि बढ्छ । जसकारण, मानसिक रूपमा रिल्याक्स हुन्छ । 

- निकै फास्ट पेसमा छोटो दूरीमा सट प्रहार गर्नुपर्ने भएकाले शरीरको कसरत पनि छिटो हुने हुनाले मांसपेशीहरू पनि चलायमान हुन्छन् । 

- घुँडाको शल्यक्रिया गरेका मानिस र ब्याक पेन हुनेका लागि टेबलटेनिस खेल राम्रो विकल्प हो । त्यस्तै, अन्य खेल खेल्दा कुर्कुच्चामा चोट लागेर आजित भएका मानिसका लागि पनि यो राम्रो विकल्प हो । 

- यदि तपाईंलाई जिम जान मन लाग्दैन भने पनि टेबलटेनिस राम्रो विकल्प हुन सक्छ । यस खेल खेल्दा पर्याप्त क्यालोरी बर्न हुन्छ । 

- मानसिक स्वास्थ्यका लागि सामाजिक अन्तरक्रिया आवश्यक छ । प्रविधिले विश्व नै जेलिएको अहिलेको समयमा मानिसहरू एक–अर्कासँग भौतिक रूपमा टाढिँदै गएका छन् । मोबाइललगायतका ग्याजेटबाट टाढै बसेर मानिसहरूसँग घुलमिल हुँदै खेल्नका लागि यो एउटा राम्रो खेल हो । 

- यस खेल खेल्दा शरीरको माथिल्लो र तल्लो भाग दुवैको पर्याप्त कसरत हुन्छ । 

- केही वर्षअघि स्पोर्टस् एन्ड आर्ट एजुकेसन फाउन्डेसनले टेनिस थेरापी कार्यक्रम सुरु गरेको थियो । अल्जाइमरको प्रारम्भिक चरणमा रहेका ज्येष्ठ नागरिकका लागि यो कार्यक्रम तयार गरिएको थियो । टेबलटेनिसले मस्तिष्कका विभिन्न भागलाई सक्रिय बनाउने र खेलाडी सचेत हुने हुनाले उनीहरूको स्मरणशक्तिमा ह्रास आउनबाट रोक्नका लागि यस्तो कार्यक्रम तय गरिएको थियो । 

ad
ad