१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बार्सा, डर्टमन्ड र एथ्लेटिको च्याम्पियन्स लिगको नटआउट चरणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:२६:oo

क्याटलान क्लब बार्सिलोना, जर्मन क्लब बोरुसिया डर्टमन्ड र स्पेनिस क्लब एथ्लेटिको मड्रिड युएफइए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । 

मंगलबार राति भएका खेलपछि यी क्लबले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेका हुन् । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी, रियल म्याड्रिड, रियल सोसिडाड र बायर्न म्युनिख चौथो चरणको खेलबाटै यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । 

विगतको निराशालाई भुलाउँदै स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँचपटकको च्याम्पियन बार्सिलोना सन् २०२०–२१ पछि च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो ।

मंगलबार राति भएको खेलमा समूह ‘एच’मा रहेको बार्साले पोर्तोलाई २–१ ले पराजित गर्‍याे । पहिलो हाफमा १–० ले पछि परेको बार्साले जाआओ क्यान्सेलो र जोआओ फ्रिलिक्सको गोलमा पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । 

यस्तै, जर्मन क्लब बोरुसिया डर्टमन्ड पाँचौँ चरणको खेलमा इटालीको एसी मिलानलाई ३–१ गोलले हराउँदै अन्तिम १६ मा पुगेको हो । 

डर्टमन्डको जितमा मार्को रुयोस, जे बिनोइ गिटेन्स र एडेमीले गोल गरे । मंगलबार राति नै भएको समूह ‘जी’ को अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र इंग्लिस क्लब न्युक्यासलले १–१ गोलको बराबरी खेलेपछि डर्टमन्डलाई लाभ भएको हो । 

मंगलबार राति नै भएको खेलमा म्यानचेस्टर सिटीले लिपजिङलाई ३–२ ले पराजित गर्‍याे । यो जितपछि पाँचौँ चरणसम्म आउँदा सिटी मात्र सबै खेल खेलेर १५ अंक आर्जन गर्ने एक्लो क्लब बनेको छ । 

सिटीका लागि इर्लिङ हाल्यान्ड, फिपिल फोडन र जुलियन अल्भारेजले एक–एक गोल गरे । 

ad
ad