नेपाल र यमन भिड्दै, पहिलो हाफ गाेलरहित बराबरीमा

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण
नेपाल र यमन भिड्दै, पहिलो हाफ गाेलरहित बराबरीमा

तस्बिर : दीपेन्द्र ढुंगाना/ नयाँ पत्रिका

फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले अहिले यमनको सामना गरिरहेको छ।

दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टिम गोलरहित बराबरीमा छन्। पहिलो हाफमा दुवैतर्फबाट केही अवसर सिर्जना भए पनि गोल निस्कन सकेन।

‘होम एन्ड अवे’ आधारमा चलिरहेको छनोट खेलमा नेपालले आफ्नो दोस्रो खेल घरेलु मैदानमा खेलिरहेको हो। 

समूह ‘ए’मा रहेको नेपाल गत साता पहिलो खेलमा युएईसँग ४–० ले पराजित भएको थियो। यस समूहबाट कम्तीमा एसिया कपमा स्थान बनाउन नेपाल जित चाहन्छ। यसका लागि नेपालको एउटै मात्र लक्ष्य यमनविरुद्ध स्पष्ट अंक बटुल्ने हो। 

चोटका कारण पछिल्लो खेल गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनसँगै एरिक विष्ट आजको खेलमा सुरुवाती रोजाइमा मैदानमा देखिएका थिए। पहिलो हाफमा छिरिङ गुरुङ र मनीष डाँगी बेन्चमा रहे। 

सुझावित समाचार