मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० मङ्सिर ४ सोमबार १३:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा बेवारिसे शव फेला 

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ४ सोमबार १३:४०:००

खार्पुनाथ गाउँपालिका– १ स्थित बोक्चेगौँडामा बेवारिसे शव फेला परेको छ। साेमबार दिउँसो करिब १२ बजे बोक्चेगौँडामा एक किशोरीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार १३ असोजदेखि  हराइरहेकी खार्पुनाथ गाउँपालिका– २ थालीकी सुजता रावलको भएको भनेर मुचुल्का भएको छ। शव पहिचान हुन नसक्ने गरी सडेकाे अवस्थामा फेला परेकाे छ।  

जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले किशोरी रावलका आफन्तले आफ्नै छोरीको शव भएको बताएपछि मुचुल्का गरिएको जानकारी दिए।