Skip This
सशस्त्र प्रहरीद्वारा चारवटा अत्याधुनिक हतियार बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ३ आइतबार १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीद्वारा चारवटा अत्याधुनिक हतियार बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार १६:१५:oo

सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट चारवटा अत्याधुनिक हतियार बरामद गरेकाे छ।

इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका– ३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल तीन नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन एक नाल बरामद गरेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो। बरामद हतियारमध्ये दुई नाल पेस्तोलमा मेड इन युएसए र एक नालमा मेड इन इन्डिया लेखिएको छ।

हतियारसहित मोबाइलको सोमकार्ड, मोबाइल र शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको छ। सो क्षेत्रमा थप अप्रेसन जारी रहेको र केही व्यक्ति घरभित्र ढोका थुनेर बसेको अवस्थामा रहेका सशस्त्र प्रहरीले जनाएको छ।