मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २९ बुधबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८o कार्तिक २९ बुधबार o७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संस्कार र संस्कृति हाम्रा गौरव : सभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o कार्तिक २९ बुधबार o७:o९:oo

सभामुख घिमिरेद्वारा तिहारको शुभकामना  

सभामुख देवराज घिमिरेले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।     

सभामुखले आज एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी-भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आमनेपाली दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

'नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकैले नेपाली आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्,' सभामुखले सन्देशमा भनेका छन्।