Skip This
नामिबियामा सयभन्दा बढी जंगली भैँसीको नदीमा डुबेर मृत्यु    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ११ शनिबार
  • Saturday, 27 July, 2024
रासस/सिन्ह्वा नामिविया
२o८o कार्तिक ११ शनिबार o९:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नामिबियामा सयभन्दा बढी जंगली भैँसीको नदीमा डुबेर मृत्यु    

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नामिविया
नयाँ पत्रिका नामिविया
२o८o कार्तिक ११ शनिबार o९:४३:oo

नामिबियामा सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी जंगली भैँसी नदीमा डुबेर मरेका छन्। नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदीनजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैँसी डुबेर मरेका हुन्।

मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रबार बिहानै अगाडि रहेको भैँसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैँसीहरू भाग्ने क्रममा नदीमा डुबेका थिए।

उनले भने, 'हामीलाई प्राप्त सूचनाअनुसार १०० भन्दा बढी भैँसी भाग्ने क्रममा डुबेका छन्।' उनले घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैँसीको सही संख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने बताए।  

चोबे नदीमा यसअघि पनि ठूलो संख्यामा भैँसी डुबेर मरेकाले यो असामान्य घटना नभएको उनले बताए। चोबे नदी नामिबियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ।

जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैँसीको ठूलो प्रजनन झुन्डको लागि चिनिन्छ। अफ्रिकी जंगली भैँसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जंगली जनावरका कारण यस निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ।