१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिआरआई एसियालाई युरोप र अफ्रिकासँग जोड्ने पारदर्शी आर्थिक कार्यक्रम : पूर्वमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:५o:oo

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) एसियालाई युरोप र अफ्रिकासँग जोड्ने पारदर्शी आर्थिक कार्यक्रम रहेको बताएका छन्।

चीनको बेइजिङमा जारी तेस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको सफलता सम्बन्धमा शुभकामना दिँदै पूर्वमन्त्री पोखरेलले बिआरआई व्यापार र पूर्वाधारमार्फत विश्वलाई आपसमा जोड्ने महत्त्वपूर्ण आर्थिक कार्यक्रम रहेको बताए। उनले बिआरआई सैनिक गठबन्धन नभई ऐतिहासिक रेशम मार्गको नयाँ रूप भएको उल्लेख गरे।

उनले भने, ‘ऐतिहासिक रेशम मार्ग पुनः ब्युँझाउँदै आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप र अफ्रिकासँग जोड्ने चीनको पारदर्शी आर्थिक कार्यक्रम ‘बिआरआई’ हो। यो कुनै भू-राजनीतिक अथवा सैनिक गठबन्धन होइन। खुला, सहभागितामूलक र साझा विकास कार्यक्रम हो।’

चीनको राजधानी बेइजिङमा बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजनामा बिआरआई फोरम फर को-अपरेसन–२०२३ जारी छ। सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। 

पूर्वमन्त्री पोखरेलेले बिआरआई कार्यान्वयनमा नेपाल क्रियाशील हुनुपर्ने बताए। उनले भने, ‘चीनले अगाडि सारेको बिआरआई परियोजनामा हस्ताक्षर गरे पनि सरकारले कार्यान्वयन गर्न मानेको छैन। अब यो तुरुन्तै कार्यान्वयन हुनुपर्छ। नेपाल सरकारले यसको कार्यान्वयन गर्नु नै सार्वभौमसत्ताको रक्षा र विकासको लागि कोसेढुंगा हुनेछ।’

ad
ad