१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Monday, 30 September, 2024
२o८o असोज २८ आइतबार o९:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कैदीले बुनेका मुढा चीन निर्यात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार o९:४६:oo

जिल्ला कारागारमा निर्माण भएका मुढा चीन निर्यात हुन थालेको छ । विभिन्न मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा परेका कैदीबन्दीले बुनेको मुढा पछिल्लो समय चीनका सहरमा निर्यात भएको हो । 

कैदीबन्दीले बुनेको एक हजार थान मुढा बिक्रीका लागि चीन पठाएको कारागारका निमित्त प्रशासक नारायणप्रसाद अधिकारीले बताए । उनले भने, ‘उनीहरूले कारागारभित्रै बुनेका मुढा बिक्रीका लागि चीन पठाइएको छ । त्यसका लागि कारागार प्रशासनले सहजीकरण गरेको छ । मुढा बिक्रीबाट आएको आम्दानी घरपरिवारलाई पठाउने गरेका छन् ।’ मुढा बुन्न प्रयोग हुने कच्चा पदार्थ कारागार प्रशासनको पहलमा ल्याइदिने गरिएको छ । मुढा खरिद गरी लैजाने व्यापारीले कैदीबन्दीलाई पेस्की छोडिदिने र त्यही पैसाले कच्चा पदार्थ किन्ने गरेको निमित्त प्रशासक अधिकारीले बताए ।

कैदीबन्दीहरू फुर्सदको समयमा त्यत्तिकै समय कटाउनुभन्दा सीप सिकेर आम्दानीतर्फ लागेको कारागारले जनाएको छ । मुढा बिक्री गरेर आएको आम्दानी घरपरिवारका सदस्यलाई पठाउने गरेको चौकीदार रामकुमार बस्यालले जानकारी दिए । विभिन्न मुद्दामा सजाय भोगिरहेका जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई यतिखेर मुढा बुन्न र बिक्री गर्न भ्याइनभ्याई छ । चाडपर्व सुरु भएसँगै कारागारमा कैदीबन्दीले बुनेको मुढा किन्न व्यवसायीसँगै सर्वसाधारणको पनि भिड बढेको छ । तीन सयदेखि सात सयसम्म प्रतिगोटा बिक्री गर्दै आएका छन् ।

कारागारमा तीन बालिका, २१ महिलासहित २८७ जना थुनुवा र कैदीबन्दी रहेका छन् । तीमध्ये करिब चालीसजनाले सीपको सदुपयोग गर्दै मुढा बुन्ने गरेका छन् ।