१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २४ बुधबार
  • Monday, 01 July, 2024
मुना कुँवर काठमाडाैं
२o८o असोज २४ बुधबार o७:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मध्यपूर्वी देशमा एनआरएन चुनावको रौनक

अधिकांश उम्मेदवार सात सय मत रहेको मध्यपूर्वी देशमा केन्द्रित

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २४ बुधबार o७:o७:oo
  • अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्रकुमार शर्मा, डा. बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीले प्रचार–प्रसार तीव्र पारेका छन् ।
  • दुई सय पाँच मत रहेको कतारबाट मात्रै १४ उम्मेदवार

गैरआवासीय नेपाली संघको ११ औ महाधिवेशन नजिकिदै गर्दा मध्यपूर्वको चुनावी महोला पनि तातेको छ । संघको आगामी निर्वाचनको प्रसार प्रचारका लागि उम्मेदवारहरु मध्यूर्वका विभिन्न मुलुक पुगेका छन् । 

संघको धेरै भोटरहरु भएको क्षेत्रमध्ये मध्यपूर्व दोस्रोमा पर्छ । मध्यपूर्वमा ७०० भोट छन् । त्यसैले पनि मध्यपूर्व उम्मेदवारहरुको आकर्षणको केन्द्र बनेको छ । मध्यपूर्वको भन्ने वित्तिकै नाक खुम्चाउनेहरु पनि यतिबेला मध्यपूर्व भ्रमणमा निस्किएका छन् । मध्यपूर्वका प्रतिनिधिहरुलाई भने उम्मेदवारहरुको स्वागत र विदाईमा भ्याईनभ्याई भएको छ।

 संघको आगामी कार्यकालको अध्यक्षको दावेदारमध्ये राजेन्द्र कुमार शर्मा (आरके) आफै मध्यपूर्वबाट नेतृत्व गर्छन् । शर्मा कतारमा बस्छन् । कतारमा नै उनले लामो समय देखि व्यवसाय गर्दे आएका छन् । आगामी निर्वाचनमा कतारबाट १४ जना भन्दा बढी उम्मेदवार छन् । कतारमा मात्रै २०५ वटा भोट । यो संख्या अमेरिका र अष्टे«लिया पर्छ सबैभन्दा धेरै हो ।

अध्यक्षका उम्मेदवार शर्मा पनि युनाईटेड अरब इमिरेट्स (युएई) साउदी अरब, ओमान, बहराइन र कुवेतका राष्ट्रिय समन्वय परिषद्का सदस्यहरुसँग भेटघाट गरेका छन् । त्यस्तै, अर्को अध्यक्षका दावेदार डा.बद्री केसी पनि मध्यपूर्वका सबै मुलुक पुगी सकेका छन् । केसी रसियामा बस्छन् । अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले पनि मध्यपूर्वका पुगेर आफनो प्रचार प्रसार गरी फर्कि सकेका छन् । थापा जापानमा बस्छन् । रविना थापा र  विनय अधिकारी पनि आ- आफ्नो प्रचारप्रसारमा छन् ।  अध्यक्षहरुको भ्रमण पछि अहिले उपाध्यक्षका उम्मेदवारहरु पनि मध्यपूर्वको भ्रमणमा निस्किएका छन् । जापानबाट नै उपाध्यक्षको उम्मेदवारी दिएका रोबिन शेरचन यतिबेला मध्यपूर्वको भ्रमणमा छन् । 


मध्यपूर्वबाट तीन दर्जन भन्दा बढीको उम्मेदवारी
गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा मध्यपूर्व क्षेत्रबाट मात्रै तीन दर्जन भन्दा बढीले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । मध्यपूर्वमध्ये पनि कतारबाट मात्रै दुई दर्जन भन्दा बढीको उम्मेदवारी परेको छ । संघको अध्यक्षमा कतारका राजेन्द्र कुमार शर्माले उम्मेदवारी दिएका छन् । शर्मा लामो समय देखि कतारमा काम गर्दै आएका छन् । अहिले उनी संघको उपाध्यक्ष हुन् । संघमा मध्यपूर्वले पनि नेतृत्व पाउनु पर्छ भन्दै उनी यो पटक चुनावी मैदानमा उत्रिएका छन् । उनलाई मध्यपूर्वको पुरै सपोर्ट रहने अपेक्षा गरिएको छ । मध्यपूर्वमा धेरै भोटर भएको क्षेत्रमध्ये एक हो । त्यसैले पनि उनले जितको दाबी गरेका छन् । तर, उनलाई कतारकै भोटरले भोट नदिने केही प्रतिद्धन्दीको दाबी छ । 

त्यस्तै, यो पटक संघको उपाध्यक्षमा पनि कतारबाट नै उम्मेदवारी परेको छ । कतारमा लामो समय देखि व्यवसाय गर्दै आएका राज रेग्मीले संघको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । नयाँ सोच भएका युवाले पनि संघमा अवसर पाउनुपर्छ भन्दै उनी चुनावी मैदानमा उत्रिएका छन् । रेग्मी हाल संघको युवा उपाध्यक्ष हुन् । कतारबाट नै प्रबिन गुरुङले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।  हाल उनी संघको सचिव हुन् ।

त्यस्तै, कतारबाट नै होमनाथ शर्माले सचिवमा उम्मेदवारी दिएका छन् । शर्मा अहिले संघको सह कोषाध्यक्ष हुन् । कतारकै मोहम्मद मुक्तदा मुसलमानले पनि सहकोषोध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी गैरआवासी नेपाली संघ कतारका निर्वमान अध्यक्ष हुन् । साथै कतारबाट नै केबि हमालले मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी दिएका छन् । कतारबाट नै अब्बदुल वासिदले युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । हाल उनी कतारको युवा संयोजक हुन् । त्यस्तै कतारका अर्को उम्मेदवार होमनाथ शर्माले सचिवमा उम्मेदवारी दिएका छन् । उनी हाल संघको सह कोषाध्यक्ष हुन्  । त्यस्तै, डेक बहादुर भारती (सुमन) ले युवा संयोजकमा उम्मेदवारी दिएका छन्  । आईसीसीका सदस्य रामु रेग्मीले पनि युवा संयोजकमा उम्मेदवारी दिएका छन् । 

साथै कतारबाट आईसीसीको लागि ६ जना सदस्य चुनिई सकेका छन् । जसमध्ये दिपजंग शाह ठकुरी, तेज कटुवाल, प्रेम बहादुर चलाउने, श्रीकृष्ण भट्टराई, दुर्गा प्रसाद प्याकुरेल र विक्रम कार्की हुन् । युएईबाट भने ठाकुर प्रसाद ढुगांनाले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । लामो समय देखि युएईमा व्यवसाय गर्दे आएका ढुगांना गैरआवासी नेपाली संघ युएईका निर्वमान अध्यक्ष हुन् । युएईबाट नै मनोज कुमार श्रेष्ठ गोर्खालीले उम्मेदवारी दिएका छन् । गोर्खालीले यस पटक सचिव पदका लागि उम्मेदवारी दिएका हुन् । उनी हाल संघको मध्यपूर्व संयोजक हुन् । 

रमेश श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । उनले मध्यपूर्व  संयोजकमा उम्मेदवारी दिएका हुन् । उनी गैरआवासी नेपाली संघ युएईका पुर्व अध्यक्ष हुन् । साउदी अरबबाट भने राजेन्द्र अर्यालले यो पटक मध्यपूर्व क्षेत्रिय संयोजक दोहोराउने निर्णय गरेका छन् । हाल मध्यपूर्व क्षेत्रिय संयोजक रहेको अर्यालले आगामी निर्वाचनका लािग पनि मध्यपूर्व क्षेत्रिय संयोजकमा नै उम्मेदवारी दिएका छन् । त्यस्तै, यशमिन बेगमले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन् । यसमिन अहिले पनि संघको उपाध्यक्ष नै हुन् । 

मलेसियाबाट पनि उम्मेदवारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा मलेसिया खगेन्द्र न्यौपानले उपाध्यक्षमा पदमा उम्मेदवारी दिएका छन् । न्यौपाने हाल संघका सचिव हुन् । न्यौपाने लामो समय देखि मलेसियामा व्यवसाय गर्दै आएका छन् । मध्यपूर्वका विभिन्न मुलुक लगायत नेपालमा पनि आफनो व्यवसाय विस्तार गरेको न्यौपानेलाई उपाध्यक्ष पदको बलियो दावेदार मानिन्छन् । 

जहाज टिकट काटेर भोटर ल्याउने प्रवृतिको अन्त्य 
गैरआवासी नेपाली संघको आगामी निर्वाचन भने निस्पक्ष हुने अपेक्षा गरिएको छ । संघले यसपटक देखि निर्वाचनमा अनलाईनमार्फत पनि सहभागी हुन सकिने व्यवस्था गरेको छ । प्रतिनिधिले काठमाडौमा नै आएर भौतिक रुपमा नै निर्वाचन सहभागी हुन सक्नेछन् भने आफु रहेको मुलुकबाट नै अनलाईन मार्फत सहभागी हुन सक्नेछन् । 

अनलाईनबाट नै निर्वाचनमा सहभागी हुन सक्ने भएपछि यो पटक जहाज टिकट नै काटेर भोटर ओसार्ने प्रवृतिको अन्त्य भएको संघको दाबी छ । यस अघि उम्मेदवारले प्रतिनिधिहरुलाई जहाज टिकट र होटलमा बस्ने खाने व्यवस्था गरेर नै नेपाल ल्याउने गरेको आरोप छ । तर, यो पटक भने यो बाध्यताको अन्त्य भएको संघको दाबी छ । 

संघका अध्यक्षका दावेदार राजेन्द्र कुमार शर्मा आगामी निर्वाचन निस्पक्ष र पारदर्शी हुने दाबी गर्छन् । यो पटक स्वच्छ वातावराणमा निर्वाचन हुने उनले बताए । यो पटक सदस्यहरु धेरै उत्साहीत छन् । युवाहरुको आकर्षण झनै बढेको छ । त्यसैले मध्यपूर्वबाट यो पटक धेरै उम्मेदवारी परेको उनले बताए । 

त्यस्तै, वर्तमान कार्यकारी अध्यक्ष डा.बद्री केसी भने संघले धेरै प्रयास पछि निर्वाचन स्वच्छ र पारदर्शी बनाउन सफल भएको बताए । निर्वाचनमा अनलाई प्रणालीमा राखेपछि निर्वाचनमा हुने घुसपैठ रोकिने उनको दाबी छ । यसपटक संघको चुनावी प्रसार प्रसारको संरचना पनि फेरिएको छ । यो पटक उम्मेदवारहरुले सामाजिक सञ्जाल मार्फत आफनो शक्ति प्रर्दशन गर्न थालेका छन् । 

ad
ad
ad
ad