१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
श्रवण थापा सर्लाही
२०८० असोज २३ मंगलबार १३:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाहीमा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० असोज २३ मंगलबार १३:२५:००

सर्लाहीको हरिपुरमा जंगली हात्तीको आक्रमणबाट एक युवकको ज्यान गएको छ। आक्रमणबाट अर्का एकजना गम्भीर घाइते भएका छन्। 

मंगलबार बिहान हरिपुर नगरपालिका– १, स्थित जानकीनगर जंगलमा हात्तीको आक्रमणबाट रामेछापको सैपु गाउँपालिका– २, लिखुतामाकोशी घर भई सर्लाहीको हरिवन बस्ने अन्दाजी १८ वर्षका शिव दाहालको ज्यान गएको हो। 

दाहाललाई नजिकैको जंगलमा घाँस काट्न गएको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

दाहाल केही समययता हरिवन नगरपालिका– ७, ताइवानस्थित आफन्तकोमा बस्दै आएका थिए। हात्तीको आक्रमणबाट दाहालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। 

उनकाे शव परीक्षणका लागि मलंगवास्थित प्रदेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको हो।

यस्तै, घटनामा दाहालसँगै रहेका सोही स्थानका अन्दाजी ५१ वर्षका छविलाल काफ्ले गम्भीर घाइते भएका छन्। हात्तीको आक्रमणबाट घाइते काफ्लेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको आफन्तले जनाएका छन्।
 
डिभिजन वन कार्यलय सर्लाहीले केही दिनयता जिल्लाका विभिन्न वन क्षेत्रमा जंगली हात्ती देखिएकाले सचेत रहन आग्रह गरेको छ।