दसैँको अवसर पारेर सुरु गरिएको ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ योजनामा नौजना भाग्यशाली विजेता छनोट गरिएको छ । प्रत्येक विजेताले टिभिएस १२५ सिसी स्कुटर जितेका हुन् ।
विजेताहरू असोज २ देखि असोज १५ सम्मको प्रवद्र्धनात्मक अवधिमा सामसङ स्मार्ट फोन वा ट्याब्लेट खरिद गर्ने सहभागीको समूहबाट छनोट गरिएको कम्पनीले जनाएको छ ।
योजनाअनुसार अझै १३ वटा स्कुटर विजेता १३ जना छनोट हुने कम्पनीले जनाएको छ । कुनै पनि सामसङ स्मार्ट फोन वा सामसङ ट्याब्लेट खरिद गरी स्कुटर जित्ने भाग्यशाली विजेता बन्न सक्ने कम्पनीले जनाएको छ । योजना कात्तिक ३ सम्म लागू हुने कम्पनीले उल्लेख गरेको छ ।