१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Sunday, 30 June, 2024
२o८o असोज २३ मंगलबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यमलको कीर्तिमानी गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार o७:४२:oo

लामिन यमलको कीर्तिमानी गोलप्रेरित साबिक विजेता बार्सिलोनाले स्पेनिस लिग ला लिगामा ग्रानाडासँग २–२ गोलको बराबरी खेलेको छ । बार्सिलोनालाई ग्रानाडाले आफ्नो घरेलु मैदानमा पहिलो हाफमा २–१ ले पछि पारेको थियो । यद्यपि, बार्सिलोनाले पुनरागमन गर्दै हार टारेको हो । पहिलो मिनेटमै ब्रायन जारागोजाले गोल गर्दै ग्रानाडालाई १–० को अग्रता दिलाएका थिए । खेल सुरु भएको १७ सेकेन्डमै गोल गरेका जारागोजाले २९औँ मिनेटमा दोस्रो गोल गरे । 

पहिलो हाफको इन्जुरी समयमा यमलले गोल गर्दै ग्रानाडाको अग्रता २–१ मा झारेका हुन् । १६ वर्ष ८७ दिनमा गोल गर्ने यमल ला लिगाका कान्छा खेलाडी बनेका छन् । सिक्स यार्ड बक्समा अनमार्क रहेका यमलले सहज गोल गरेका थिए । यसअघि ला लिगामा यो कीर्तिमान सन् २०१२ मा फाब्रिस ओलिंगाले राखेका थिए । फाब्रिसले १६ वर्ष ९८ दिनमा मालगाबाट गोल गर्दै कीर्तिमान बनाएका थिए । खेल सकिन पाँच मिनेटअघि कप्तान सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनाको हार टारेका थिए । एलेजान्ड्रो बाल्र्डीले मिलाएको पासमा रोबर्टाेले गोल गरेका हुन् । इन्जुरी समयमा बार्सिलोनाले गोल गरे पनि रेफ्रीले अफसाइडको इसारा गरेका थिए । 

गत अप्रिलमा १५ वर्ष २९० दिनका यमल कम उमेरमा डेब्यु गर्ने बार्सिलोनाको पहिलो खेलाडी बनेका थिए । युरो २०२४ छनोटमा जर्जियाविरुद्ध गोल गर्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाएका थिए । यमल सन् २००७ देखि स्पेनिस महारथी बार्सिलोनाको एकेडेमीमा रहँदै आएका थिए । हाल उनी पाँच वर्षको सम्झौतामा छन् । बराबरीपछि बार्सिलोना तालिकाको तेस्रो स्थानमा झरेको छ । समान नौ खेलबाट २४ अंक बनाएको रियल म्याड्रिड २४ अंकसहित शीर्ष स्थानमा छ । जिरोना २२ अंकसहित दोस्रो स्थानमा छ ।

ad
ad
ad
ad