Skip This
जागरण अभियानले जनता जगायो : माधव नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Saturday, 27 July, 2024
विष्णु घिमिरे रुपन्देही
२o८o असोज २१ आइतबार १५:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जागरण अभियानले जनता जगायो : माधव नेपाल

Read Time : < 1 मिनेट
विष्णु घिमिरे, रुपन्देही
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार १५:o६:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या सम्बोधन गर्ने गरी जागरण अभियान सुरु गरिएको बताएका छन्।

अभियानले देशव्यापी रूपमा जागरण पैदा गरेकोसमेत उनले  दाबी गरे। नेकपा एकीकृत समाजवादीले सुरु गरेको मेची–महाकाली समाजवादी जागरण अभियान ०८० अन्तर्गत आइतबार भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केको बताएका हुन्।

उनले जनताको जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै बीचमा जनताका मुद्दा लिएर अगाडि आएको बताए। उनले बेरोजगारी समस्या समाधान गर्ने गरी कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए। अध्यक्ष नेपालले अझै पनि किसानले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसँग कुरा गर्ने  बताए।

जनसभामा पार्टीका महासचिव घनश्याम भुसालले गरिबी र बेरोजगारी उन्मूलन मुख्य कार्यभार रहेको बताए। जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिए पनि मुख्य समस्याका रूपमा गरिबी रहेको उनको भनाइ थियो। 

बेरोजगारी समस्या समाधान गरी सुशासन, समृद्धिका लागि समाजवादी जागरण अभियान सुरु गरिएको जनाउँदै महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिविरुद्ध लड्ने बताए। 

जनसभामा पार्टीका उपमहासचिव डाक्टर विजय पौडेलले समाजवादी पार्टी निर्माणका लागि मेची–महाकाली अभियान सुरु गरिएको बताए। कार्यक्रममा पार्टी रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, नेता रामबहादुर बस्नेत, युवा शार्दूल मियाँलगायतले अभियानबारे चर्चा गरेका थिए।