१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १८ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १८ बिहीबार १५:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदनलाई कुण्ठा पोख्ने थलो नबनाऔँ : सांसद सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १८ बिहीबार १५:५५:oo

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जनप्रतिनिधिको सर्वोच्च थलो सदनलाई राजनीतिको कुण्ठा अभिव्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सदनमा जनजीविकाका सवालभन्दा धेरै राजनीति हुन थालेको भन्दै सदनलाई कानुन बनाउने र जनताको विषयमा बढी बहस गर्ने थलो बनाउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘एकले अर्कालाई शब्दले झटारो हान्ने प्रचलन बढेको छ, यसमा सबै जिम्मेवार भएर सच्चिनुपर्ने आवश्यकता छ।’

उनले प्रमुख प्रतिपक्षी दलका नेताले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत सदनमा भाषण गरेको टिप्पणी गर्दै राजनीतिक नेतृत्व अनुशासित हुनुपर्ने धारणा व्यक्त गरे। 

उनले बझाङमा गएको भूकम्पमा परी भएको क्षतिप्रति दुःख व्यक्त गर्दै धार्मिक र सामाजिक सदभाव खलल गर्ने गरी कोही कसैले काम गर्न नहुने बताए।