Skip This
दुई बालकको मृत्युपछि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Saturday, 27 July, 2024
२o८o असोज १७ बुधबार १२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई बालकको मृत्युपछि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १२:१३:oo

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलेको छ।

पढ्न गएका सिद्धलेक गाउँपालिका– ६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठकाे धादिङको गजुरी गाउँपालिका– २ मलेखुस्थित मजुवामा बुधबार बिहान ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएपछि क्षतिपूर्तिको माग राख्दै विद्यार्थी, आफन्त तथा स्थानीयले राजमार्ग बन्द गरेका थिए।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत दुई बालकको मृत्यु भएको हो।

दुर्घटनापछि सडक अवरुद्ध गर्ने विद्यार्थी, स्थानीय तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक सन्तुलालप्रसाद जैसवारले बताए। 

विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग सञ्चालन गरिएको हो। ट्रकचालक रौतहट चन्द्रपुर नगरपालिका– २ का ४१ वर्षीय अशाेक बम्जन प्रहरीको नियन्त्रणमा छन्।