१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १७ बुधबार १o:३२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ख्वप: कलेजमा नयाँ कार्यक्रम सञ्चालन स्वीकृतिका लागि त्रिविको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १o:३२:oo

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः कलेजमा नयाँ कार्यक्रम सञ्चालन स्वीकृतिका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रजापतिले उपकुलपति बास्कोटासँगको भेटका क्रममा नगरपालिकाले विभिन्न विषयका उच्च शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आइरहेको र विद्यार्थीको रुचिअनुसार विषय थप्दै लाने योजनाअनुरूप ख्वपः कलेजमा त्रिविअन्तर्गत नयाँ कार्यक्रमहरू थप गर्न सहजीकरणका लागि आग्रह गरेका हुन् ।

‘त्रिविले समयमै परीक्षा नलिने, ढिला परीक्षाफल प्रकाशित गर्ने, गलत परीक्षाफल प्रकाशित गर्ने र बन्द, हडताल तथा तालाबन्दीजस्ता गतिविधिले कलेज र विश्वविद्यालयप्रति नै विद्यार्थीको आकर्षण घट्दै गएको छ,’ प्रमुख प्रजापतिले भने, ‘नेपालको शिक्षा नीतिप्रति विद्यार्थी असन्तुष्ट देखिएकै कारण बर्सेनि लाखौँको संख्यामा विद्यार्थीहरू बिदेसिने क्रम बढ्दै गइरहेको छ । विद्यार्थीलाई आफ्नै देशमा अध्ययन गर्ने वातावरण सिर्जना गर्नेतर्फ त्रिविले समयमै ध्यान पुर्‍याउनुपर्नेछ ।’ सो क्रममा उपकुलपति बास्कोटाले नेपालको शिक्षा नीति सुधार गर्ने प्रयास गरिरहेको जानकारी गराए ।