मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o असोज १५ सोमबार १२:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चितवनमा सिट्रोनको सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १२:o५:oo

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले चितवनमा सोरुम विस्तार गरेको छ । कम्पनीले चितवनको भरतपुर महानगरपालिका रिजाल चोकमा  ओजोन मोटर्स कम्पनीका नाममा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । 

सोरुममा सिट्रोन इसी–थ्री र सिट्रोन सी–थ्री मोडलका गाडी बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । सोरुमको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ, सिसिआइसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् । 

सिट्रोन इसी–थ्रीमा २९.२ केडब्लुुएच ब्याट्री, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ । यसको मूल्य लाइभ भेरियन्टको ३२ लाख ९९ हजार र फिल भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिट्रोन इभीको ब्याट्रीको आयु डिसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको  दाबी छ । कम्पनीले यो कारमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको  वारेन्टी दिएको जनाएको छ । त्यस्तै, विद्युतीय मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको उल्लेख छ ।