मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १५ सोमबार १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वाणिज्य बैंकहरूसँग २१० किलो सुन मौज्दात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १o:४o:oo

वाणिज्य बैंकहरूसँग दुई सय १० किलो सुन मौज्दात रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । चालू आवको गत शुक्रबारसम्म कुल ६ सय किलो सुन आयात भएकोमा २१० किलो मौज्दात रहेको संघले जानकारी दिएको हो । 

नेपालमा सुनको आयातको जिम्मा वाणिज्य बैंकहरूलाई दिइएको छ । वाणिज्य बैंकहरूले हङकङ, स्विट्जरल्यान्ड, सिंगापुर, दुबईलगायतका मुलुकबाट सुन आयात गर्छन् ।

सुनको मूल्यमा उकालो लागिरहेको र आर्थिक गतिविधि चलायमान बन्न नसक्दा मानिसहरूको क्रयशक्ति कमजोर बनेको छ । यसले सुनको माग बढ्न सकेको छैन । दसैँ–तिहारमा सुनको खपत बढ्ने गरे पनि यो वर्ष सुनचाँदी बजार सुनसान छ । तर, पनि राष्ट्र बैंकले सुन आयातको सीमा प्रतिदिन १० किलोबाट बढाएर दैनिक २० किलो पुर्‍याएको छ । यद्यपि, यसले सुन बजारमा खासै प्रभाव नपर्ने व्यवसायीको भनाइ छ । 

तर, पछिल्ला ६ दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । यस्तो गिरावटले निरन्तरता पाइरहे सुनको माग बढेर बजार चलायमान हुने व्यवसायीको अपेक्षा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई रुपैयाँ कायम थियो । त्यसयता सुनको भाउ लगातार घटेर आइतबार एक लाख आठ हजार रुपैयाँ कायम भएको छ । यसबीच तोलामा चार हजार दुई सय रुपैयाँले सुन सस्तिएको छ ।