१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रमेश रावल सुर्खेत
२o८१ जेठ ३ बिहीबार o९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले कर्णाली प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी, आज मतदान

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:४९:oo

शनिबार १२:३० देखि ६ बजेसम्म मतदान

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । सहमतिमा नेतृत्व छान्न नसकेपछि अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दिएका हुन्। 

अध्यक्षमा उम्मेदवारी दिनेमा राजबहादुर शाही, मीनबहादुर शाही, गुलावजंग शाह, प्रेमबहादुर सिंह र प्रकाश रोकाया छन् । उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महताराको उम्मेदवारी परेको छ ।

यस्तै, सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको परेको छ । उपसचिव समावेशिमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ ।उपसचिव खुल्लामा नारायणकुमार शाह, रवीन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ ।

लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले बताए । निर्वाचन कार्यतालिका अनुसार शुक्रबार राति ११:३० देखि शनिबार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको छ । शनिबार १२:३० देखि ६ बजेसम्म मतदान हुने छ । अधिवेशनमा ६०४ जना प्रतिनिधिहरु सहभागी छन् ।
 

ad
ad