मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Thursday, 19 December, 2024
रमेश रावल सुर्खेत
२o८o असोज ११ बिहीबार o८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आगामी चुनावमा एकल बहुमत आउँछ : ओली

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार o८:१९:oo

एमाले अध्यक्ष केपी ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेको छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा एमालेको स्पष्ट बहुमत आउने दाबी गरेका हुन् ।

‘समय छ अहिलेदेखि नै लाग्नुस् । हरेक वडामा ५१ प्रतिशत एमाले । यही नै एमालेको मिसन ०८४ हो,’ उनले भने, ‘विकास हामीले गरेका छौँ । नागरिकलाई त्यो बुझाउनुस् ।’ ओलीले नेपालमा कम्युनिस्ट पार्टी भनेको एमाले मात्र रहेको जिकिर गरे । ‘एकीकृत समाजवादीमा रहेका कार्यकर्ता यतै आइरहेका छन् । माओवादीका साथीहरू पनि आउने क्रम जारी छ,’ ओलीले भने, ‘हाम्रा कार्यकर्ताले अब आफ्नो घरमा पनि सम्झाउनुपर्छ । आफूलाई एमाले भन्ने, तर छोराछोरी अर्कै पार्टीमा रहेको कसरी हुन्छ । पहिला घरमा सम्झाउनुस् ।’

समाजमा द्वन्द्वको सिर्जना गर्न खोजिएको अवस्थामा पनि हालको सरकारले कुनै चासो नदिएको उनले जिकिर गरे । ‘असमानता, भेदभाव तथा थिचोमिचोविरुद्ध राष्ट्रिय एकताका लागि एमाले सदैव लागेको छ,’ उनले भने, ‘नेपालमा द्वन्द्व फैलाउने काम भइरहेको छ । सरकारले यसतर्फ चासो दिएको छैन ।’

विविधताको धनी रहेको नेपाल सामाजिक सद्भावका साथ राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने उनले बताए । ‘यो सरकारले जनताको वास्ता गर्दैन । सरकारले शिक्षक आन्दोलनमा पनि उनीहरूलाई फुटायो । करार शिक्षकका मागहरू सम्बोधन भएनन् । मान्छे मार्नेलाई सरकारले सुरुक्क छोडेको छ । अपराधीलाई संरक्षण गरेका छन्,’ उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अपराधी कारागारमा बस्न नपर्ने भए अपराधीका लागि कानुन किन बनाएको भन्दै सरकारलाई प्रश्न गरे । सरकारले अरूमाथि झुटा मुद्दासमेत लगाउने गरेको उनको दाबी थियो ।