Skip This
होन्डाले ल्यायो ‘दसैँमा दश लाख’ योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Friday, 26 July, 2024
२o८o असोज ८ सोमबार ११:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाले ल्यायो ‘दसैँमा दश लाख’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार ११:४o:oo

 होन्डा टु ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दसैँमा दश लाख’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । कम्पनीले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने योजना ल्याएको हो । 

यसका साथै ‘चुज योर स्किम’ योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने वा १२ हजार पाँच सय रुपैयाँबराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सक्ने जनाइएको छ । 

ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दसैँमा दश लाख’ योजना उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । साथै, होन्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छुट पनि उपलब्ध हुने उल्लेख छ । योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।