१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Saturday, 29 June, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८o असोज २ मंगलबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

कपिलवस्तुमा उद्योग–व्यवसाय दर्ता घट्यो, बन्द हुनेको संख्या बढ्यो

गएको आर्थिक वर्षमा एक सय १४ उद्योग र फर्म बन्द भए, दर्ता भने पाँच वर्षयताकै न्यून

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार o८:o१:oo

आर्थिक मन्दीको प्रभाव कपिलवस्तुका घरेलु तथा साना उद्योगमा पनि परेकोे छ । जिल्लामा व्यवसायी विस्थापित हुने क्रम बढ्दै गएपछि एक वर्षको अवधिमा एक सय १४ उद्योग तथा फर्म बन्द भएका छन् । जिल्लामा एक वर्षमै ७८ साना उद्योग र ३६ वाणिज्य फर्म बन्द भएको बताएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अनुसार गत आव ०७९/८० मा उत्पादनमूलक २१, कृषि तथा वन ३१, सेवामूलक २६ वटा गरी कुल ७८ साना उद्योग बन्द भएका छन् । त्यस्तै, वाणिज्यतर्फका किराना पसल आठ, हार्डवेयर ११, जुत्ता–पसल दुई, कपडा पसल नौ, कस्मेटिक एक, गिफ्ट हाउस दुई, इ–मोबाइल कम्प्युटर एक, मदिरा पसल दुई, विविध गरी ३६ वटा पसल बन्द भएको कार्यालयले जनाएको छ ।

कोभिड तथा रसिया–युक्रेन युद्धका कारण निम्तिएको विश्वव्यापी आर्थिक मन्दीले सबै क्षेत्रमा प्रभाव पारेको छ । पछिल्ला तीन आर्थिक वर्षयता उद्योग–व्यवसाय बन्द हुने क्रम बढेको छ । आर्थिक वर्ष ०७६/७७ मा ७५, आर्थिक वर्ष ०७७/७८ मा ७७ र आर्थिक वर्ष ०७८/७९ मा ९० वटा साना उद्योग बन्द भएको कार्यालयले जनाएको छ । त्यस्तै, वाणिज्य फर्मअन्तर्गत आर्थिक वर्ष ०७६/७७ मा एक सय ७८, आर्थिक वर्ष ०७७/७८ मा एक सय नौ र आर्थिक वर्ष ०७८/७९ मा ७६ वटा बन्द 
भएको हो । 

बन्द हुने बढ्दा, खुल्ने झनै घटे
कोरोनाकालपछि असहज स्थिति बन्दै गएपछि उद्योगधन्दा खुल्ने क्रम भने घटेको छ । गत वर्ष आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र वाणिज्य फर्म भने नवीकरण नभएर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेमबहादुर गौतमले बताए । कपिलवस्तुमा पाँच वर्षयता पाँच हजार पाँच सय ६७ साना उद्योग थपिएको उनले बताए । तर, पछिल्ला वर्षहरूमा उद्योग थपिने क्रम घटेको हो । आर्थिक वर्ष ०७९८० मा ६ सय ५८ उद्योग दर्ता भएका छन् । जुन पछिल्लो पाँच वर्षयताकै सबैभन्दा कम हो । आर्थिक वर्ष ०७८७९ मा एक हजार चार सय १७, ०७७७८ मा एक हजार दुई सय ९१ र आर्थिक वर्ष ०७६७७ मा एक हजार ४७ उद्योग दर्ता भएका थिए ।

कोरोनाकालपछि उद्योग र व्यापारिक फर्मको संख्या घट्नु चिन्ताको विषय भएको उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कपिल)ले बताए । चार वर्षयता जिल्लामा उद्योगधन्दा खुल्नेक्रम घट्दै गएको उनले बताए । व्यवसायमा निरन्तर घाटा लागेपछि उद्योगी–व्यवसायीले आफ्नो फर्म बन्द गर्न बाध्य भएको पौडेलको भनाइ छ । 
 

ad
ad
ad
ad