१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रासस बाँके
२०८० भदौ ३१ आइतबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा बम विस्फाेटबाट पूर्व–पश्चिम राजमार्गमा क्षति

Read Time : < 1 मिनेट
रासस, बाँके
२०८० भदौ ३१ आइतबार १४:०४:००

बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ नयाँ गाउँनजिकै पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान बम विस्फाेट हुँदा सडकमा क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विस्फाेटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ। विस्फोटले सडकमा भ्वाङ परेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए।

सडकमा भ्वाङ परेकाले एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।