१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २८ बिहीबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ

कहिले भएको थियो राजस्व विभागको स्थापना

राजस्व विभाग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार ११:o३:oo

राजस्व विभागको स्थापना ०५० सालमा भएको हो । यो विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले ०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । पछि राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायका रूपमा अर्थ मन्त्रालयअन्तर्गत राजस्व अनुसन्धान विभागको स्थापना भएको हो ।

सुरुवातमा कर राजस्व चुहावटसम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार पाएको विभागले आव ०६५/६६ देखि गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकारसमेत प्राप्त गरेको छ । साथै, नेपाल सरकारले विदेशी विनिमयसम्बन्धी कसुरका सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्नका लागि विभागका महानिर्देशक वा निजले तोकेका यसै विभाग वा अन्तर्गतका अधिकृतलाई अनुसन्धान अधिकारी तोकेको छ । 

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० तथा विदेशी विनिमय ऐन २०१९ र विदेशी विनिमय नियम २०२० बमोजिम राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार यस विभागलाई तोकेको छ । 

ad
ad
ad
ad