मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Wednesday, 15 January, 2025
२o८o भदौ २८ बिहीबार o६:४६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार o६:४६:oo

निकुञ्जभित्र ठूला जलविद्युत्, केबलकार, रिसोर्ट आदि सञ्चालन गर्न दिनु कति ठिक हो ?
यो एकदम ठिक प्रयास हो । यस्तो व्यवस्था अफ्रिकी देशहरूमा पनि छ । अमेरिका, क्यानडा, जर्मनी, क्यान्डिनेभियन देशहरूमा पनि यस्तो व्यवस्था छ । जर्मनीले त यसका लागि विदेशी लगानी नै आह्वान गरेको छ । दक्षिण–पूर्वी एसियामै जंगल सफारीको अवधारणा लागू गर्ने कार्यमा हामी अगाडि थियौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र ‘टाइगर टप’ रिसोर्ट हुन्जेल यहाँ युरोपेली मुलुकका ‘क्वालिटी टुरिस्ट’ धेरै आउँथे । पछि त्यो बन्द भएपछि त्यस्ता पर्यटकको संख्यामा कमी आयो । अबका दिनमा पनि क्वालिटी टुरिस्ट भित्र्याउने हो भने हामीले चितवन, खप्तड, रारा जस्ता निकुञ्ज क्षेत्रमा यस्ता गतिविधि सञ्चालन गर्न दिनुपर्छ । 

यस्तो व्यवस्थाले देशको पर्यटन प्रवद्र्धनमा कति सघाउ पुग्ला ? 
राम्रै सघाउ पुग्छ । खासगरी हामीकहाँ अहिले आइरहेका सकभर कम खर्च गर्ने प्रवृत्तिका पर्यटकबाट मुलुकले पर्यटकको संख्यामा बाहेक खासै प्रतिफल प्राप्त गर्न सक्दैन । तर, निकुञ्जभित्रैबाट ‘क्वालिटी सर्भिस’ र ‘एक्सक्लुसिभ प्याकेज’ दिन सकियो भने यसबाट खर्चालु पर्यटक भित्र्याउन सकिन्छ । 

यस्तो व्यवस्थाले निकुञ्जको प्राकृति जीवन र जैविक विविधता संरक्षणमा कस्तो प्रभाव पार्ला ?
यसले नकारात्मक प्रभाव पार्दैन । यसबाट पर्यावरण, बफर जोनमा बसोवास गर्ने स्थानीयवासी र पर्यटकलाई जोड्न सकिन्छ । स्थानीय उत्पादन र स्वादको व्यापारबाट स्थानीयवासीको जीवनस्तरमा सुधार आउँछ । व्यवसायी, पर्यटक र स्थानीयवासीको संयुक्त पहलमा निकुञ्जभित्रको जीवन झनै व्यवस्थित र सहज हुन्छ ।