१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Saturday, 28 September, 2024
एजेन्सी लन्डन
२o८o भदौ २७ बुधबार o८:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लक्जम्बर्गको पोस्टमा पोर्चुगलको नौ गोल

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार o८:३६:oo

युरोकप २०२४ को छनोटअन्तर्गत पोर्चुगलले मंगलबार राति लक्जम्बर्गमाथि ९–० को सानदार जित निकालेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रेको पोर्चुगलले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच गोल गरेको थियो ।

अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्धका कारण रोनाल्डोले छनोट खेल गुमाएका हुन् । अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोले लक्जम्बर्गविरुद्ध ११ गोल गरेका छन् । पोर्चुगलले युरोकप छनोटमा लक्जमबर्गमाथि ठूलो अन्तरको जित निकालेको हो । लक्जम्बर्गविरुद्ध पोर्चुगलले पछिल्ला ६ खेलमा २१ गोल गरेको छ । 

पोर्चुगलको इस्ताडियो अलगार्भेमा भएको खेलमा रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान दुई गोल गरेका थिए । यसैगरी, जोअ‍ाअ‍ो फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान एक गोल गरे । रामोसले पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । समूह ‘जे’ मा पोर्चुगलले ६ खेलमा १८ अंक जोडेको छ । लिक्टेन्स्टाइनलाई ३–० ले हराएको स्लोभाकियाको १३ अंक छ ।