१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्यारेट बनिन् एसियन पेन्ट्स मिस युनिभर्स नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o१:oo

एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज मिस जेन दीपिका ग्यारेटले जितेकी छिन् । काठमाडाैैमा आयोजित अन्तिम प्रतिस्पर्धामा २१ जनालाई उछिन्दै ग्यारेटले उपाधि जितेकी हुन् । 

प्रतियोगितामा मिस गरिमा घिमिरे, मिस बुद्धिसारा सुनार, मिस शीताष्मा पोखरेल र मिस अभिलाषा लम्सालले क्रमशः द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान ओगट्न सफल बनेको जनाइएको छ । साथै, एसियन पेन्ट्सले प्रतियोगिताको अन्तिम चरणमा रोयल ब्लिङ मिस ड्याजलिङ डिभा र रोयल प्ले मिस क्रिएटिभ क्यानभासको टाइटल पुरस्कार पनि प्रदान गरेको जनाएको छ । रोयल ब्लिङ मिस ड्याजलिङ डिभाको टाइटल मिस शीताष्मा पोखरेल र रोयल प्ले मिस क्रिएटिभ क्यानभासको टाइटल डा. अमिसा बस्नेतले जितेको जनाइएको छ ।  

मिस युनिभर्स नेपालकी विजेता ग्यारेटलाई एसियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर जि. गोपाल कृष्णनले पुरस्कार प्रदान गरेको उल्लेख छ । मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै गोपाल कृष्णनले भने, ‘एसियन पेन्ट्समा हामी जिन्दगी र स्थानहरूमा रङहरूले ल्याउने परिवर्तनलाई विश्वास गर्छौँ । मिस युनिभर्स नेपाल २०२३ को मुख्य प्रायोजक भएर हामीले केवल बाहिरी सौन्दर्यको नभई आन्तरिक सिर्जना र स्टाइलको पनि उत्सव मनाउने लक्ष्य राखेका छौँ ।’

ad
ad