१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Friday, 05 July, 2024
नवीन गुरुङ संखुवासभा
२o८o भदौ २३ शनिबार o८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संखुवासभा कारागारमा दुई कैदी हत्या प्रकरण : सुरक्षा इन्चार्जसहित १५ जनाविरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार o८:२९:oo

संखुवासभा कारागारमा दुई कैदीको हत्या प्रकरणमा कारागारका तत्कालीन सुरक्षा इन्चार्जसहित १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको छ । कैदीद्वय विनोद तोलांगी र आकाश बलामीको २४ साउनमा भएको हत्या घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार सात प्रहरी र आठ कैदी गरी १५ जनाविरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । 

जिल्ला अदालत संखुवासभाका स्रेस्तेदार रामचन्द्र केसीका अनुसार मुद्दा दायर हुनेमा कारागारका तत्कालीन सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ तथा प्रहरी जवानहरू सुमन गुरुङ, पवनकुमार महतो र मनीष राई छन् । त्यस्तै, घटनाका बखत सुरक्षा गार्डका रूपमा तैनाथ दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको छ । कैदीबन्दीहरू राम कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारूमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे, मीनबहादुर तामाङविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो । मुद्दा हेरेर प्रतिवादीलाई अदालतमा उपस्थित गराएर आइतबारदेखि बयान लिइने उनले बताए । 

२४ साउन राति बन्दीगृहबाट शौचालयको झ्याल फोडेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभा मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका– ७ का २८ वर्षीय आकाश बलामीलाई प्रहरीले नियन्त्रणमा लिई कुटपिट गरेको थियो । त्यसपछि उनीहरूको मृत्यु भएको थियो । प्रहरीको सुरक्षा घेराभित्र नै कैदीबन्दीको शंकास्पद मृत्यु भएपछि स्थानीय र आफन्तले कारागार परिसरमा आन्दोलन नै गरेका थिए । आफन्तले आन्दोलन गर्दै कारागारका सुरक्षा इन्चार्ज लक्ष्मी चौधरी र कारागार प्रमुख जेलर राजेन्द्र घिमिरेविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि मात्रै ६ दिनमा आफन्तले शव बुझेका थिए । 

कारागार विभागका उपसचिव कमलप्रसाद पाण्डे नेतृत्वको छानबिन समितिले कारागारभित्रको सिसिटिभी फुटेज हेरेपछि प्रहरी र कैदीको संलग्नता रहेको प्रतिवेदन दिएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका तत्कालीन प्रहरी प्रमुख (डिएसपी) वीरेन्द्र गोदार, प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरोज खनाल, भुवनबाबु खड्काको सरुवा भइसकेको छ । २५ जना क्षमताको संखुवासभा कारागारमा अहिले एक सय ३६ जना कैदीबन्दी छन् ।

ad
ad
ad
ad