१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १९ मंगलबार १७:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बुसान फिल्म फेस्टिभलमा ‘साक्षी रुख’ र ‘गुराँस’ छनाेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार १७:५१:oo

यस वर्ष बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छानिएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’सँगै ‘साक्षी रुख’ (दी विट्नेस ट्री) र ‘गुराँस’ कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएका हुन्।

निरन्जनराज भेटवालको लेखन तथा निर्देशन रहेको ‘साक्षी रुख’ फेस्टिभलको ‘एसियन सर्ट फिल्म कम्पिटिसन’अन्तर्गत छनोट भएको हो। त्यसैगरी, सौरभ राई निर्देशित ‘गुराँस’ ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत छनोट भएको हो। सुब्बाको ‘गाउँ आएको बाटो’ पनि ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत नै छनोट भएको हो।

नेपाल र भारतको संयुक्त निर्माणमा बनेको ‘गुराँस’का निर्माता रामकृष्ण पोखरेल हुन्। यसअघि यो फिल्म युरोपको ‘द कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भएको थियो। फिल्मले नेदरयान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्डअन्तर्गत फन्ड जितेको थियो।

बुसान इन्टरनेसनल फिल्म फेस्टिभल कोरियाको बुसान सहरमा अक्टोबर ४ देखि १३ सम्म सञ्चालन हुनेछ।