आइसिएफसी फाइनान्स लिमिटेडका ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । फाइनान्सका ग्राहकलाई छुट दिने सम्बन्धमा रेसोर्ट र फाइनान्सबीच व्यावसायिक सम्झौता भएको हो ।
सम्झौताअनुसार फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवावाहक ग्राहकले रिसोर्टमा सेवा लिएबापत तिर्नुपर्ने रकममा छुट प्रदान गरिने जनाइएको छ ।
जसअनुसार फाइनान्सका डेबिट कार्र्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवावाहक ग्राहकले अधिकतम १५ प्रतिशतसम्म छुट पाउने फाइनान्सले जनाएको छ ।