१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १४ बिहीबार o८:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१६ च्याम्पियनसिपमा भाग लिँदै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार o८:१५:oo

साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नेपालका यू–१६ राष्ट्रिय फुटबल टोली बुधबार भुटानको थिम्पु प्रस्थान गरेको छ । भुटानको थिम्पुमा शुक्रबारदेखि सुरु हुने चौथो साफ यू–१६ च्याम्पियनसिपमा नेपालीले चुनौती दिने प्रशिक्षक रवीन्द्र सिलाकारले बताए । नेपाल पूर्वविजेता भारत र बंगलादेश रहेको समूह ‘ए’मा छ । यो उमेरसमूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

सन् २०११ देखि सुरु भएको साफ यू–१६ च्याम्पियनसिपमा तीन संस्करण भएको छ । नेपालले आइतबार बंगलादेशविरुद्ध खेल्नेछ । एन्फा कम्प्लेक्समा १४ दिनको प्रशिक्षण गरी भुटान गएका खेलाडीबाट राम्रो आशा लिएको प्रशिक्षक सिलाकारले बताए । ‘अधिकांश एन्फा यू–१६ युथ लिग खेलेका खेलाडी रहेकाले भुटानमा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ,’ उनले भने । नेपाली यू–१६ टोलीमा गोलरक्षक विशेष बानियाँ, पेम्बा भोटे र भक्तबहादुर परियार छन् । डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोरकुमार दनुवार र सरन एसके रहेका छन् ।

मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामीमगर, विनायक थारू, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र स्ट्राइकरमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् । च्याम्पियनसिपमा १ देखि १० सेप्टेम्बरसम्म भुटानको राजधानी थिम्पुमा हुनेछ । ६ टोलीको सहभागिता रहने प्रतियोगितामा समूह ‘बी’मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् । भुटानले पछिल्लो समय युथ फुटबलमा राम्रो गरिरहेको छ । त्यसले यो समूहबाट पूर्वच्याम्पियन भुटान र पाकिस्तानले दाबेदारी 
दिन सक्छन् ।