Skip This
प्रधानमन्त्री र राप्रपाबीच कोसी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ : सांसद दाहाल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Friday, 24 January, 2025
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र राप्रपाबीच कोसी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ : सांसद दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १८:३४:oo

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोसी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोसी प्रदेश सरकारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री र लिङ्देनबीच भद्र सहमति भएको बताएका हुन्। सोही सहमतिका आधारमा माओवादीले आफूले पाएको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको उनको जिकिर छ।

‘कोसी प्रदेशमा विकल्प भनेको निर्वाचन हो। मध्यावधि निर्वाचनमा जानका निम्ति अर्थतन्त्रको हिसाबले अर्बौँ खर्च हुने, हाम्रो मुलुकले अहिले निर्वाचन धान्न नसक्ने अवस्था भइसकेपछि कोसी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न र वैधानिक ढंगले सरकार निर्माण गर्नका निम्ति हामीलाई राप्रपाको साथ चाहिन्थ्यो। राप्रपा पनि कोसी प्रदेशमा कमसेकम मध्यावधि निर्वाचनभन्दा पनि अहिलेको जुन समस्या छ, त्यो हल गर्न सहमत भइसकेपछि माओवादीको भागमा परेको एउटा संसदीय समिति राप्रपालाई दिएको हो,’ उनले भने।

फरक प्रसंगमा सांसद दाहालले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निम्ति आवासीय भवन आवश्यक नभएको बताए। विगतको सरकारले कमिसनका लागि अनावश्यक भौतिक संरचनाहरू बनाएको उनको आरोप छ।