Skip This
विनासर्त एउटा संसदीय समितिको नेतृत्व राप्रपाले पाएको हो : राजेन्द्र लिङ्देन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
मुख्य समाचार डिजिटल संस्करण

विनासर्त एउटा संसदीय समितिको नेतृत्व राप्रपाले पाएको हो : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १७:३४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विनासर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताएका छन्। 

कोसी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिएको चर्चा भइरहेका वेला उनले विनाकुनै लेनदेन आफूहरूले संसदमा आफ्नो सिट संख्याको आधारमा पूर्वाधार विकास समितिको नेतृत्व पाएको स्पष्टीकरण दिएका हुन्। 

मंगलबार संघीय संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष लिङ्देनले एमालेले आफ्नो सिट संख्याको आधारमा तीनवटा समितिको नेतृत्व पाएजस्तै आफूहरूले पनि त्यसैलाई आधार मानेर एउटा समितिको नेतृत्व गर्ने मौका पाएको दाबी गरे। 

कोसी प्रदेशको सरकार कांग्रेस र एमाले मिलेर बनाउँदा उपयुक्त हुन्छ भन्ने आफूहरूको अडान कायमै रहेकोसमेत दोहोर्‍याए। अध्यक्ष लिङ्देनले कोसी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने विभिन्न उपायहरू रहेको उल्लेख गर्दै त्यसमा दलहरूबीच छलफल हुने र निकास निस्कने बताए।