१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Wednesday, 26 June, 2024
आयल निगमको अमलेखगन्ज डिपोबाट पेट्रोलपम्पमा तेल लैजाने ट्यांकरमा आधुनिक लकिङ प्रणालीको सुरुवात गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३ आइतबार o८:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पेट्रोलपम्पसम्म तेल लैजाने ट्यांकरमा आधुनिक लकिङ सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार o८:३१:oo

नेपाल आयल निगम लिमिटेडले शुक्रबारबाट निगमको डिपोबाट पेट्रोलपम्पमा तेल लैजाने ट्यांकरमा आधुनिक लकिङ जडान सुरु गरेको छ । निगम प्रवक्ता मनोज ठाकुरका अनुसार चुहावट नियन्त्रणमा मद्दत मिल्ने अपेक्षासहित यो कार्य सुरु गरिएको बताए । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो कार्यको उद्घाटन गर्दै सबै पेट्रोलपम्पमा इन्धन ढुवानी हुने ट्यांकरमा आधुनिक लकिङ सिस्टम चाँडै सम्पन्न गर्ने बताए । निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जबाट पथलैयास्थित प्रहरी कल्याण कोषको पम्प, चितवन, बाइपासस्थित साझा पम्प र चितवनकै पुल्चोकस्थित कैलाश आयल स्टोर्सका लागि तीनवटा ट्यांकरमा आधुनिक लकिङ जडान गरी इन्धन ढुवानी सुरु गरिएको हो । 

विनीतमणि उपाध्याय, प्रमुख, मधेस प्रादेशिक कार्यालय, आयल निगम

पेट्रोलपम्पसम्म तेल लैजाने ट्यांकरमा अहिले सामान्य लकिङ जडान भइरहेको छ । व्यवसायीको माग र सुरक्षित इन्धन ढुवानीका लागि हामीले गर्दै आएको पहलअनुसार अब बिस्तारै आधुनिक लकिङ जडान हुनेछ । 

गत आव ०७९/८० मा देशभरका डिपोहरूको इन्धन नोक्सानी लक्षित दरभित्रै रहे पनि विगतका वर्षभन्दा ठूलो दरले वृद्धि भएको पाएपछि निगमले चुहावट नियन्त्रणका लागि सुरक्षित इन्धन ढुवानीमा जोड दिन थालेको हो । 

निगमको अमलेखगन्ज डिपो प्रमुख विनीतमणि उपाध्यायले तीनवटा ट्यांकरबाट सुरुवात गरे पनि चाँडै सबै ट्यांकरमा लकिङ जडान गर्ने बताए । ‘पेट्रोलपम्पसम्म तेल लैजाने ट्यांकरमा अहिले सामान्य लकिङ जडान भइरहेको छ । व्यवसायीको माग र सुरक्षित इन्धन ढुवानीका लागि हामीले गर्दै आएको पहलअनुसार अब बिस्तारै आधुनिकङ लकिङ जडान हुनेछ,’ उनले भने । 

ठूला व्यवसायीले आफ्नो पेट्रोलपम्पमा तेल लैजान आफ्नै ट्यांकर प्रयोग गर्दै आएका छन् । यस्ता ट्यांकरमा सुरुवाती चरणमा आधुनिक लकिङ लगाइने उपाध्यायले बताए । उनका अनुसार अमलेखगन्ज डिपोदेखि पेट्रोलपम्पहरूमा तेल ओसार्ने करिब ५० वटा निजी ट्यांकर प्रयोगमा रहेका र ती सबैमा क्रमशः आधुनिक लकिङ जडान गर्ने उनले बताए । साना पम्प व्यवसायीले भने एउटा ट्यांकरको पूरै तेल माग नगर्ने भएकाले उनीहरूलाई दोस्रो चरणमा ट्यांकरको प्रत्येक चेम्बरमा लकिङ सुविधासहितको इन्धन ढुवानी कार्य थालिने पनि उनले बताए ।

निगमले ०७४ देखि नै ट्यांकरमा आधुनिक लकिङ जडान थालेको हो । तर, त्यतिवेला इन्डियन आयल कर्पोरेसन (आइओसी)को डिपो–रिफाइनरीदेखि निगमको डिपोसम्म मात्रै लकिङ जडान गरिएको थियो ।

यो व्यवस्थाले भारतीय बाटोमा ट्यांकरको सिल तोडेर हुने इन्धन चोरीमा उल्लेख्य कमी आएको थियो । त्यसपछि निगमले एउटा डिपोदेखि अर्को डिपोसम्म तेल लैजाने ट्यांकरमा आधुनिक लकिङलाई विस्तार गरेको थियो । अहिले निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज डिपोदेखि विराटनगर, जनकपुर, काठमाडौं, पोखरा र भैरहवा डिपोसम्म डिजेल ढुवानी हुने गरेको छ । त्यस्तै, नेपालगन्जस्थित इन्धन डिपोदेखि सुर्खेत डिपोमा आवश्यकताअनुसार पेट्रोल–डिजेल ढुवानी हुने गरेको छ । यी दुवै चरण पूरा भएपछि अहिले निगमले डिपोदेखि पेट्रोलपम्पमा तेल लैजाने ट्यांकरमा आधुनिक लकिङ सुरु गरेको हो ।

‘आधुनिक लकिङ जडान भएको ट्यांकरको एउटा साँचो निगमको डिपोमा र अर्को साँचो सम्बन्धित पेट्रोलपम्पमा हुन्छ,’ अमलेखगन्ज डिपो प्रमुख उपाध्यायले भने, ‘त्यसैले बीचबाटोमा साँचोविना ताला खोलेर इन्धन चोरी हुने सम्भावना कम हुन्छ । कसैले ताला तोडेर इन्धन चोरी गरेको पाए कडा कारबाही हुने व्यवस्था छ ।’ निगम प्रवक्ता ठाकुरले २० वर्ष पुराना ट्यांकरलाई विस्थापित गरी नयाँ ल्याउँदा भने बटम लोडिङ प्रविधिको हुनैपर्ने व्यवस्था गरिएकाले बिस्तारै सुधार हुने जानकारी दिए ।

ad
ad
ad
ad