१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २ शनिबार
  • Saturday, 29 June, 2024
२o८o भदौ २ शनिबार १९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेनको चेर्निहिभमा रुसी आक्रमण, सातको मृत्यु, दर्जनौँ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार १९:५३:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमान्डरबीच भेटवार्ता भएको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ। आक्रमणमा परी कम्तीमा सातजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।

किएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रुसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो। 

फेब्रुअरी ०२२ मा बेलारुस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले सहरभरि मार्च गरेको थियो। पुटिनले दक्षिणी रुसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रुसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो। 

यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की स्विडेनको भ्रमणका लागि त्यसतर्फ लागिसकेका थिए। 

चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्रामसँग भने, ‘सातजनाको मृत्यु भएको छ। कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन्।’

क्लाइमेक्कोका अनुसार यो आक्रमण ‘सहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला छ। ‘एउटा सामान्य शनिबारलाई रुसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,’ युक्रेनी राष्ट्रपति जिलेन्स्कीले स्विडेन पुगेपछि भने।  

उनले घटनास्थलबाट एउटा भिडियो पोस्ट गरेका थिए। यसमा सोभियतकालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ, त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ।

एएफपीका सञ्चारकर्मीहरूले तारास सेभचेन्को नाट्यशाला संगीत एकेडेमीबाहिर दमकल देखेको बताएका छन्। आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ। (एजेन्सीकाे सहयाेगमा)

ad
ad
ad
ad