१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३२ बिहीबार १७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रवास डिजिटल संस्करण

गैरआवासीय नेपाली संघको अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १७:३७:oo

गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। हाल संघको उपमहासचिव रहेका अधिकारीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।  

उनले चाँडै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी रहेको बताए। लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आएका अधिकारी स्पष्ट वक्ताको रूपमा समेत चिनिन्छन्। अघिल्लो दुई कार्यकालमा आफूले बोलेको अडानमा अडिग रहने अधिकारीको अध्यक्ष उम्मेदवारीलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

नेपालमा दर्जनौँ व्यवसायमा आबद्ध रहँदै आएका अधिकारीले युकेबाट स्नातकोत्तर गरेका छन्। नेपालको गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षकसमेत हुन्। अधिकारीले चाँडै नै उम्मेदवारी घोषणासभा आयोजना गरी प्रतिबद्धतापत्र  सार्वजनिक गर्ने बताए। 

एनआरएनएको आगामी कार्यकालका लागि चुनावी मैदानमा डा. बद्री केसी, रविना थापा, डा. हेमराज शर्मा, महेश श्रेष्ठ, डा. केशव पौडेल, राजेन्द्रकुमार शर्मालगायतले अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ।

ad
ad
ad
ad