महिलाहरू त्यही लिपस्टिक किन्छन्, जो उनीहरूलाई मन पर्छ । तर, आफ्नो स्किन टोनमा कस्तो लिपस्टिक सुट गर्छ भनेर कमैले मात्रै ख्याल गर्छन् । स्किन टोनअनुसार लिपस्टिक छान्दा सुन्दरतामा थप निखार आउँछ ।
रातो : गोरो छालामा रोयल रेड सेडको लिपस्टिक सुहाउँछ । त्यस्तै, गहुँगोरो छालामा वाइन रेड सुहाउँछ । सिम्पल र सोबर लुक्सका लागि सफ्ट पिंक सेडको लिपस्टिक लगाउन सक्नुहुन्छ । कार्यालयमा काम गर्ने महिलाका लागि यो निकै राम्रो हुन्छ ।
बेरी : नाइट पार्टी वा कुनै विशेष समारोहमा जाँदा मानिसहरू आकर्षक देखिन चाहन्छन् । पातलो ओठमा बेरी सेडको लिपस्टिक लगाउँदा महिलालाई निकै सुहाउँछ ।
गुलाबी : यदि तपाईंलाई हेभी मेकअप मन पर्दैन भने गुलाबी रङको लिपस्टिक लगाउन सक्नुहुन्छ । गुलाफी लिपस्टिकका धेरै सेड छन् । सिम्पल लुक्सका लागि लाइट रोज सेड लिपस्टिक लगाउनुस् ।
न्युड : आँखाको मेकअपमा स्मोकी लुक्स दिएर हाइलाइट गरिएका वेला ओठमा न्युड सेड लिपस्टिक लगाउनु राम्रो हुन्छ । मोटो ओठ भएकाले मोव सेड्सको लिपस्टिक खरिद गर्दा राम्रो हुन्छ । किनकि, मोव सेड चम्किलो हुन्छ ।