सूर्यदर्शन सहकारीको ठगी मुद्दामा अदालतले ६५ लाख धरौटी माग गरेकोमा रवि लामिछाने आजै छुट्ने भएका छन्। रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले आजै उनी छुट्ने पक्का भएको छ। लामिछानेले ६५ लाखको बैंक जमानत बुझाएका छन्।
उनीविरुद्ध काठमाडौंमा अर्काे मुद्दा दायर भएको छ। जसमा उनलाई फेरि पक्राउ गर्ने प्रहरी तयारी छ। लामिछानेले भने आफैँ काठमाडौं जिल्ला अदालतमा हाजिर हुन जाने भएकाले पक्राउ गर्न आवश्यक नभएको बताएका छन्। कास्की प्रहरीले उनलाई पक्राउ गर्ने नगर्ने विषयमा प्रहरी प्रधान कार्यालयको आदेश मागेको छ।