मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ३० मंगलबार o९:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले पाकिस्तानमा अभ्यास गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार o९:१२:oo

नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । पाकिस्तान र श्रीलंकामा एसिया कप आयोजना हुँदै छ । नेपालले समूह ‘ए’ मा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका पूर्वविजेताद्वय भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले बाबर अजामको कप्तानीमा नेपाल र भारतविरुद्ध खेल्ने टोली गत साता घोषणा गरेको थियो । भारत वेस्ट इन्डिजको भ्रमणमा रहेका कारण एसिया कप खेल्ने टोलीको घोषणा गरेको छैन । वेस्ट इन्डिजको भ्रमणमालगत्तै भारतीय क्रिकेट बोर्डले टोली घोषणा गर्नेछ । 

भारत र पाकिस्तानविरुद्ध खेल्ने खेलाडीको सूचीमा देव खनाल बाहिरिएका छन् । यसै महिना श्रीलंकाको कोलम्बोमा भएको एसिसी इमर्जिङ टिम्समा खनाल टोलीमा थिए । डेढ साताअघि राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । सन् २००६ पछि नेपाली टोली मल्लविना अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्दै छ । पुरानो पुस्ताका अब सोमपाल कामी र करण केसी मात्र रहेका छन् । क्यानले घोषणा गरेको टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ । 

पाकिस्तान र श्रीलंकामा हुने एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले सोमबार श्रीलंकामा इमर्जिङ टिम्स खेलेको टोलीबाट देव खनाललाई बाहिर राख्दै रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । भारत र पाकिस्तानको आन्तरिक विवादका कारण एसिया कपका अधिकांश खेल श्रीलंकामा सरेको हो । 

नेपालले पहिलोपटक टेस्ट तथा पूर्वविश्वकप च्याम्पियन राष्ट्रविरुद्ध एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । श्याम ढकाल, किशोर महतो र सन्दीप जोराले स्थान बनाउन सफल भएका छन् । अनुभवी खेलाडीका रूपमा रोहित, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, ललितनारायण राजवंशी, सन्दीप लामिछाने रहेका छन् । 

क्यानले रोहित पौडेलको कप्तानीमा एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेल्ने १७ सदस्यीय टोलीको घोषणा गरेको छ । खेलाडीले पाकिस्तानविरुद्ध १३ भदौमा प्रतिस्पर्धा गर्नुअघि कराँचीमा प्रशिक्षण गर्ने छ
 

पाकिस्तानमा एक साता अभ्यास 
क्यानले एसिया कपको तयारी गर्न खेलाडीलाई कराँचीमा एक साता अभ्यास गराउने जनाएको छ । नेपाल १३ भदौमा पाकिस्तानसँग प्रतियोगिताकै उद्घाटन खेलमा सहभागी हुनेछ । त्यसपछि १८ भदौमा भारतविरुद्ध नेपालले खेल्ने तालिका रहेको छ । पाकिस्तानमा प्रशिक्षण गर्न खेलाडी ५ भदौमा त्यसतर्फ जानेछन् । ९ भदौसम्म कराँचीमा अभ्यास गरेपछि खेलाडी मुल्तान जानेछन् । यसबीचमा नेपालले पाकिस्तानमा स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने योजना छ । एसिया कपको समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।  

नेपालले पाकिस्तानसँगको खेलपछि भारतविरुद्ध खेल्न श्रीलंका जानेछ । कोलम्बोको मैदान नेपाली खेलाडीलाई सहज हुनेछ । यसै महिना एसिसी इमर्जिङ कपमा नेपालले प्रतिस्पर्धा गरेको थियो । प्रतियोगिता समाप्त भएको १५ दिनसम्म क्यानले खेलाडीलाई कोलम्बोमै विशेष प्रशिक्षण गराएको थियो, कोलम्बोबाट फर्केलगत्तै खेलाडीले नियमित रूपमा टियू मैदानमा प्रशिक्षण गरिरहेका छन् । गत साता क्यानडाको ग्लोबल टी–२० लिगमा सहभागी हँुदै पूर्वकप्तान सन्दीप र दीपेन्द्र पनि टियू मैदानमा चलिरहेको प्रशिक्षणमा सहभागी भइसकेका छन् । 

एसिया कप खेल्ने टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।