मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २९ सोमबार १४:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्न माग गर्ने अवस्था बदल्नुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार १४:o२:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्न माग गर्ने अवस्था बदल्न आवश्यक रहेको बताएका छन्। आफूमाथि छानबिन हुने भएपछि प्रतिक्रियामा अर्को कुनै फाइल खोल्न माग गर्ने गरिएकोमा उनले असन्तुष्टि जनाएका हुन्।

संसदीय दलको बैठकमा बोल्दै थापाले भने, ‘केही दिनअघि डा. बाबुराम भट्टराईले शिविर घोटालाको छानबिन गरौँ भन्नुभयो। ललितानिवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो। हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ। कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? कुनै दलको कुनै नेता अनुसन्धानको क्रममा पक्राउ पर्‍यो भने ए हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खै ? यस्तै–यस्तै सुनिन्छ।’

यस्तो अवस्था बदल्न सबै ठूला काण्डहरूको फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाइ छ। जुनसुकै दलको जुनसुकै नेता भए पनि दोषी ठहर भए छुट पाउन नहुने उनले प्रस्ट पारे। ‘अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्। तर, दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस्, मन्त्री होस् कसैले पनि छुट पाउनुहुँदैन,’ थापाले भने।